
काठमाडौं । नेपालमा कोरोना भाइरस(कोभिड–१९)संक्रमणबाट ज्यान मृत्यू हुनेको संख्या एक हजार नाघेको छ ।
पछिल्लो २४ घन्टामा २० जनाको कोरोना संक्रमणबाट ज्यान गएसगैं नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण भएसगैं देशभर संक्रमितको संख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ हजार १ सय ४२ जना कोरोना मुक्त भएसगैं संक्रमितमध्ये १ लाख ४१ हजार १ सय ३४ जना कोरोना मुक्त भएपछि घर फर्किएका छन् ।