कोरोना संक्रमणबाट पूर्वसभामुख महराकी पत्नी सिता महराको निधन - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमणबाट पूर्वसभामुख महराकी पत्नी सिता महराको निधन

काठमाडौं । कोरोना भाइरस(कोभिड–१९) संक्रमणबाट पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएको छ ।

काठमाडौं स्थित नर्भिक हस्पिटलमा उपचारको क्रममा आज विहान ६ः२५ बजे पूर्वसभामुख महराकी श्रीमती सिता महराको कोरोना भाइरस(कोभिड–१९) संक्रमणबाट निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो ।

निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो ।

पूर्वसभामुख महराकी श्रीमती सिताको नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो । उनको १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै निधन भएको अस्पतालले पुष्टि गरेको छ ।

पूर्वसभामुख महराकी श्रीमती सिता महरा माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित हुनुहुन्थ्यो ।

सम्बन्धित खवर