
एजेन्सी । डेमोक्रेट उम्मेदवार जो बाइडेन अमेरिकी राष्ट्रपतीय निर्वाचनमा जित नजिक पुगेका छन् ।
पछिल्लो मतगणना अनुसार बाइडेनले ५ सय ३८ इलेक्टोरल कलेजको मत रहेकामा अहिलेसम्म जो बाइडनले २ सय ६४ र डोनाल्ड ट्रम्पले २ सय १४ मत प्राप्त गरेका छन् ।
राष्ट्रपतीय निर्वाचनमा २ सय ७० इलेक्टोरल मत आवश्यक पर्छ । बाइडेनलाई अब जित्न आवश्यक ६ इलेक्ट्रोल मत आवश्यक रहेको छ ।
नेभादामा बाइडन अग्रस्थानमा छन् । ६ इलेक्टोरल मत रहेको नेभदामा बाइडनको मत ४९.३ प्रतिशत रहेको छ भने ट्रम्पको मत ४८.७ प्रतिशत रहेको छ । यहाँ बाइडनले जितेमा राष्ट्रपति निर्वाचित हुनका लागि आवश्यक पर्ने २७० मत पुग्नेछ ।

त्यसैगरी जर्जियामा पनि बाइडन र ट्रम्पबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । ९७ प्रतिशत मत गणना भैसकेको यो राज्यमा ट्रम्पको पक्षमा ४९.९ प्रतिशत मत आएको छ भने बाइडनको पक्षमा ४८.९ प्रतिशत मत परेको छ ।
यसैगरि नर्थ क्यारोलिनामा पनि ट्रम्प अग्रस्थानमा छन । ९४ प्रतिशत मत गणना भएको यो राज्यमा ट्रम्पको पक्षमा ५०.१ प्रतिशत मत आएको छ भने बाइडनको पक्षमा ४८.७ प्रतिशत मत आएको छ ।
यसैगरि पेन्सिलभेनियामा पनि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प अग्रस्थानमा देखिएका छन । यो समाचार तयार पार्दासम्म ८९ प्रतिशत मत गणना भैसकेको यहाँ ट्रम्पको पक्षमा ५१.१ प्रतिशत र बाइडनको पक्षमा ४७.७ प्रतिशत मत खसेको जनाएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भने मत गणनामा धाधली भएको भन्दै कानुनी दाउपेचमा लागेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्प क्याम्पेनका अधिकारीहरुले मिचिगन राज्यका कतिपय स्थानको मत गणना प्रक्रियामा आफुहरुलाई समावेश नगराएको भन्दै अदालत गएका छन् ।