किरात धर्मावलम्बीद्धारा फाल्गुनन्द जयन्तीमा सार्वजनिक बिदाको माग - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरात धर्मावलम्बीद्धारा फाल्गुनन्द जयन्तीमा सार्वजनिक बिदाको माग

  • सुकबहादुर योङहाङ

कचनकवल । किरात धर्मावलम्बीहरुले महान समाज सुधारक राष्ट्रिय बिभूति महागुरु फाल्गुनन्द लिङदेनको जन्मजयन्ती कार्तिक २५, मा स्थानिय तहमा सार्वजनिक बिदा घोषणा गर्न आग्रह सहित कचनकवल गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ ।

बुधबार फाल्गुनन्द जन्मजयन्तीको अवसरमा कचनकवल गाउँपालिकामा स्थानिय बिदा दिन आग्रह सहित कचनकवल गाउँपालिकाका उपाध्यक्ष निमसरी राजबंसीलाई किरात धर्मालम्बीहरुले ज्ञापनपत्र बुझाएको हो ।

गाउँपालिका अध्यक्ष नभएको कारण उपाध्यक्ष निमसरी राजवंसीले ज्ञापनपत्र बुझेको र उहाँसंगै फल्गुनन्द जयन्तीको बारेमा महत्वपूर्ण छलफल समेत भएको र छलफललाई उपाध्यक्षले सकारात्मक लिएको किरात इक्सा माङ्हिम कचकवलका अध्यक्ष भिम इधिङगोले बताए ।

उपाध्यक्षले स्थानिय निकायले यस्ता आदिबासी जनजातिको संस्कृति जोगाउने विभिन्न चाडपर्वहरुलाई महत्व दिने समेत बताउनु भएको अध्यक्ष इधिङगोले बताए ।

बोधार्थ

१) किराता इक्सा माङ्हिम कचनकवल
अध्यक्ष : भिम इधिङ्गो
२) किरात राई यायोक्खा कचनकवल
अध्यक्ष :अमृत बहादुर राई
३) एकीकृत जनजाती महासंघ कचनकवल
अध्यक्ष : हर्क बहदुर लिम्बू फेन्द्वा
४) किरात याक्थुङ्ग चुम्लुङ्ग कचनकवल
अध्यक्ष : हेम कुमार लिम्बु
५)किरात धर्म तथा साहित्यिक उथ्थान संघ कचनकवल
अध्यक्ष : राम बहादुर लिम्बू

सम्बन्धित खवर