
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ५१ जनामा कोरोना भाईरस(कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ३ हजार ५१ जनासहित देशभर संक्रमितको संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३० जना कोरोना मुक्त भए सगैं १ लाख ४८ हजार ४ सय ८ जना उपचारपछि घर फर्किएका छन् ।

यसैगरि नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यू भए संगै मृत्यू हुनेको संख्या १ हजार ५२ पुगेकोे छ ।