
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ९ सय ९ जनामा कोरोना भाईरस(कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ९ सय ९ जनासहित देशभर संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ५ सय जना कोरोना मुक्त भए सगैं १ लाख ५२ हजार ९ सय ८ जना उपचारपछि घर फर्किएका छन् ।

यसैगरि नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यू भए संगै मृत्यू हुनेको संख्या १ हजार ७० पुगेकोे छ ।