मदन राई रेडस्टार क्लबको अध्यक्षमा निर्वाचित - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मदन राई रेडस्टार क्लबको अध्यक्षमा निर्वाचित

माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर २ मा क्रियाशील रेडस्टार क्लबको चौथो साधारणसभाबाट मदन राईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएका छन् ।

शुक्रबार चारसुरेमा सम्पन्न क्लबकोे चौथो साधारणसभाबाट राईको पुनः अध्यक्षतामा निर्वाचित भएका समितिका उपाध्यक्षमा बालकृष्ण बस्नेत, सचिवमा हरि राई, सहसचिवमा धनकुमार लिम्बू र कोषाध्यक्षमा प्रमिता धमनला निर्वाचित भएका छन् ।

सदस्यहरुमा युवराज कार्की, रबिन तामाङ, गंगा बस्नेत, रमादेवी कोइराला, दीपक ल्वागुन, नविन बस्नेत, मुना निरौला र सुमन राई निर्वाचित भएका छन् ।

क्लबको विधान अनुसार समितिको कार्यकाल ३ वर्षको हुनेछ । २०७३ सालमा स्थापित क्लब स्थानीय स्तरमा विभिन्न सामाजिक गतिविधिमा क्रयाशील छ ।

क्लबले दुखमा परेकाहरुलाई राहत वितरण कार्यक्रम, सामुदायिक सरसफाई कार्यक्रम, वृक्षारोपण कार्यक्रम, सचेतनामूलका कार्यक्रम तथा विभिन्न खेलकुदका कार्यक्रम संचालन गर्दै आएको छ ।

मदन राईको अध्यक्षता र माङसेबुङ गाउँपालिका २ नम्बर वडा पुषपराज कार्कीको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि कार्कीसहित नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङ र क्लबका सल्लाहकार युवराज बस्नेतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको संचालन क्लबका सचिव हरि राई र स्वागत उपाध्यक्ष बालकृष्ण बस्नेतले गरेका थिए ।

सम्बन्धित खवर