
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ७ सय ५३ जनामा कोरोना भाईरस(कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा २ हजार २ सय ६ सय जना कोरोना मुक्त भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ७ सय ५३ जनासहित देशभर संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २ सय ६ जना कोरोना मुक्त भए सगैं १ लाख ५५ हजार १ सय १४ जना उपचारपछि घर फर्किएका छन् ।

यसैगरि नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यू भए संगै मृत्यू हुनेको संख्या १ हजार ८७ पुगेकोे छ ।