जो बाइडन अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित, प्रधानमन्त्री ओलीद्वारा बधाई - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जो बाइडन अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित, प्रधानमन्त्री ओलीद्वारा बधाई

एजेन्सी । डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

बाइडेन प्रतिस्पर्धात्मक निर्वाचनमा डोनल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६औँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

बाइडेनले पछिल्लो मत परिणाम अनुसार पेन्सिल्भेनियाका २० इलेक्टोरल भोट जिते संगै २७९ इलेक्टोरल भोट प्राप्त गरेका छन् । पेन्सिल्भेनिया राज्यको परिणाम आएसँगै बाइडेनले जितेका हुन् ।

ट्रम्प राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार अमेरिकी इतिहासमा दोस्रो कार्यकालका लागि भएको निर्वाचनमा पराजित हुने तेस्रो राष्ट्रपति बनेका छन् । तर ट्रम्पले यो हार स्वीकार भने गरिसकेका छैनन् ।

प्रधानमन्त्री ओलीद्वारा बाइडनलाई बधाई

अमेरिकाको ४६औं राष्ट्रपति जो बाइडनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् ।

ट्वीटरमार्फत नवनियुक्त राष्ट्रपति बाइडन र उपराष्ट्रपति कमला ह्यारिसलाई प्रधानमन्त्री ओलीले बधाई दिएका हुन । आज बिहानै ट्वीट गर्दै ओलीले ऐतिहासिक जितका लागि जो बाइडनलाई बधाई दिएका हुन् ।

बाइडन र ह्यारिसलाई मेन्सन गर्दै प्रधानमन्त्री ओलीले लेखेका छन् ‘हार्दिक बधाई तपाईँहरूको प्रभावशाली र ऐतिहासिक जीतमा । म हाम्रा दुई देशहरूबीच मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन नयाँ अमेरिकी नेतृत्वसँग नजिकबाट काम गर्ने आशा गर्दछु ।’

सम्बन्धित खवर