
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ८ सय १७ जनामा कोरोना भाईरस(कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा २ हजार ८ सय १२ जना कोरोना मुक्त भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ८ सय १७ जनासहित देशभर संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८ सय १२ जना कोरोना मुक्त भए सगैं १ लाख ५७ हजार ९ सय २६ जना उपचारपछि घर फर्किएका छन् ।

यसैगरि नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यू भए संगै मृत्यू हुनेको संख्या १ हजार १ सय ८ पुगेकोे छ ।