कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय नाघ्यो - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय नाघ्यो

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय नाघेको छ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यू भए संगै मृत्यू हुनेको संख्या १ हजार १ सय ८ पुगेकोे हो ।

लक्षणसहितका संक्रमितको संख्या बढ्न थालेसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सरदर संख्या पनि बढ्दो क्रममा रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ८ सय १७ जनासहित देशभर संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८ सय १२ जना कोरोना मुक्त भए सगैं १ लाख ५७ हजार ९ सय २६ जना उपचारपछि घर फर्किएका छन् ।

सम्बन्धित खवर