दमकमा कोभिड अस्पतालको उदघाटन सम्पन्न (फोटो फिचर सहित) - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकमा कोभिड अस्पतालको उदघाटन सम्पन्न (फोटो फिचर सहित)



दमक । झापाको दमकमा कोरोना भाइरस (कोभीड १९)को नियन्त्रणका लागि कोभिड अस्पताल स्थापना गरिएको छ ।

प्रदेश न. १ का संसद अर्जुन कुमार राईको प्रमुख अतिथिमा आइतबार एक समारोह गरि अस्पतालको उदघाटन गरिएको हो । उक्त अस्पताल दमक २ बेलडाँगीमा स्थापना गरिएको छ ।

दमक अस्पतालको मातहतमा रहने गरि स्थापना गरिएको कोभिड अस्पतालमा ३० ओटा सैया रहेको छ । यस कोभिड अस्पतालमा उपचार गराउने बिरामीले बेडको शुल्क तिर्नु नपर्ने र धरौटी समेत राख्नु नपर्ने दमक नगरपालिकाका उप–प्रमुख गीता अधिकारीले बताए ।

UNHCR को सहयोगमा दमक नगरपालिकाले करिव २९ लाख ५० हजारको लगानीमा अस्पताल निमार्ण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद तिम्सिनाले जानकारी गराए । अधिकृत तिम्सिीनाका अनुसार यस अस्पताल रिकभरी सेन्टरको रुपमा रहने छ । केही औषधि नगरपालिकाले ब्यवस्थापन गर्ने र उपलब्ध गराउने छ ।

दमक अस्पतालको मेसु नै कोभिड अस्पतालको प्रमुख रहने र दमक अस्पतालको युनिटको रुपमा रहने छ । कोभिड सकिए पछि पनि यस अस्पतालमा अन्य खालका उपचार सेवा दिन सकिने अस्पतालको रुपमा विकास गरिने उप प्रमुख अधिकारीले जनाए ।

यस उदघाटन कार्यक्रमकै बेला सेभ द चिल्ड्रेन दमकले ७० थान पिपिआई अस्पताललाई प्रदान गरेको छ ।

दमक नगरपालिकाका मेयर रोमनाथ ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेल, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल लगायतले बोलेका थिए ।

तस्वीर :

सम्बन्धित खवर