
काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या देशभरबाट थप २ हजार ५ सय ७१ जना थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसार देशभरमा ११ हजार १ सय ७७ जनामा गरिएको परिक्ष मध्ये २ हजार ५ सय ७१ थपिएका छन् । संगै नेपालमा हालसम्मको कारोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ७ सय ९७ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै १ लाख ५९ हजार ७ सय २४ जना उपचारपछि निको भइसकेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ । यस संगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय २६ पुगेको छ ।