
दमक । किरात धर्मका पुनरुथानकर्ता, समाज सुधारक तथा राष्ट्रिय विभुती महागुर फाल्गुनन्दको १३६ औ जन्म जयन्तीको अवरसमा दमक नगरपालिकाले सार्वजनिक विदा गर्ने भएको छ ।
नगरपालिकाले सोमबार विज्ञप्ती निकालेर फाल्गुनन्दको जन्म दिन कातिक २५ गते सार्वजनिक विदा गर्ने जनाएको हो ।
विज्ञप्तीमा भनिएको छः – प्रदेश न. १ को विदाका बारेमा राज पत्रमा प्रकाशित भएको सुचना अनुसार महागुरु फाल्गुनन्दको जन्म जयनती कातिक २५ गते पनि परेकोले सार्वजनिक विदा गरेको हो । उक्त विदाको दिन नगर कार्यपालिका साथै नगर क्षेत्रमा रहेका शैक्षिक संस्था र सवै खालका कार्यालयहरु विदा गरिएको उल्लेख गरेको छ ।
प्रेस विज्ञप्ती
