
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमितको संख्या देशभरबाट थप २ हजार ७ सय ३६ जना थपिएका छन् । यस संगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख नजिक पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार देशभरमा १२ हजार ९ सय ६० जनामा गरिएको परिक्षण मध्ये २ हजार ७ सय ३६ जना थपिएका छन् । संगै नेपालमा हालसम्मको कारोना संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ८ सय ५३ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै १ लाख ६० हजार ५ सय ७७ जना उपचारपछि निको भइसकेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप २२ जनाको मृत्यु भएको छ । यस संगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ४८ पुगेको छ ।