
झापा । कोरोना भाइरस संक्रमित मंगलबार झापामा ७५ जना थपिएका छन् ।
दमकमा मात्रै २२ जना थपिएका छन् । यो अन्य क्षेत्रको भन्दा सबैभन्दा धेरै हो । उनीहरु मध्ये १५ जना महिला र ७ पुरुष छन् ।
यस्तै, बिर्तामोडमा १४ जना, गौरीगञ्ज गाउँपालिकामा ५ जना, कमल गाउँपालिकामा ७ जना संक्रमित थपिए ।
यसैगरी, अर्जुनधारा र कनकाईमा २ २ महिला, गौरादहमा ३ पुरुष, बुद्धशान्तिमा १ पुरुष, बाह्रदशीमा १ महिला र भद्रपुर नगरपालिकामा १० जना संक्रमित थपिएका छन् ।
मेचीनगरमा २ जना, शिवसताक्षीमा ४ जना, हल्दिबारीमा २ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
संक्रमितहरु मध्ये ५२ जना महिला र २३ जना पुरुष रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।