
कुम्मायक । पान्थरको कुम्मायाक गाउपालिका स्थित कुखुरे भञ्ज्याङ्ममा समाज सुधारक, राष्ट्रिय विभुति महागुरु फाल्गुनन्द लिङ्देनको १३६ सौ जन्म जयन्ती सम्पन्न भएको छ ।
कुम्मायक कुस्सायक तथा फाल्गुनन्द शालिक संरक्षक सेवा समितिका कार्यबाहक अध्यक्ष तथा वडा न, १ का वडा अध्यक्ष देबेन्द्र लावतीको आतिथ्यमा महागुरु फाल्गुनन्द लिङ्देनको शालिकमा पुष्प गुच्छा माल्यार्पण गरि सेवा पुजा गरि फाल्गुनन्दको जन्मजयन्ती मनाइएको हो ।
महागुरुको दिव्यपोदेश ठुलो सम्झिने भए ठुलै हुन्छ, सानो सम्झिने भए सानै हुन्छ, भन्ने उपदेशबाट प्रेरित हुदै यस वर्ष विश्व ने आक्रान्त बनेको कोरोना भाइरस संक्रमणको महामारी प्रति सजगता अपनादै सेवा पुजापाठ मात्र गरिएको सेवासाबा चन्द्र सम्बाहाम्फ जनाइएको छ ।

त्यस्तै महागुरुको जिवीत चेलाका रुपमा रहनु भएका दलबहादुर चेम्जोङका परिवारको निजि श्रोतबाट २ लाख भन्दा बढि रकम जम्मा गरि फाल्गुनन्द संरक्षक सेवा समिति कोष स्थापना गरिएको छ । उक्त कोषमा भक्तजनबाट भेटिस्वरुप जम्मा हुन आएको रकम संग हाल १७ लाख ५० हजार रुपैयाँ रहेकोे पनि शालिक संरक्षक समितिले जनाएको छ । सो कोषबाट कुम्मायक गाउँपाकिकामा रहेका ३९ वटै विद्यालयका जेहेन्दार तथा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाइ पुरस्कृत गर्दै लाने बताइएको छ । सो रकम गाउँपालिकाका बिपन्न बर्गलाइ सरल ब्याज दरमा ऋण प्रबाह समेत गरिरहेको समितिका कोषाध्यक्ष चन्द्रप्रसाद निरौलाले बताए ।
यस जन्म जयन्ती सेवामा किरात याक्थुङ चुम्लुङका केन्द्रिय सदस्य गणेश चेम्जोङ, जनता समाजवादी पार्टी कुम्मायक गाउपालिका अध्यक्ष टि. एन. सम्बाहाम्फे, समाजसेवी नेत्र सम्बाहाम्फे, नरेन्द्र चेम्जोङ, डिल्लि चेम्जोङ लगायत उपस्थिति रहेको थियो । सेवामा रानीगाउँ , माङ्जाबुङ , यासोक र स्याबरुम्बाका भक्तजनको उपस्थिति रहेको थियो ।