ध्वजेडाडाँमा १३६औं महागुरु फाल्गुनन्द जन्मजयन्ती सम्पन्न - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ध्वजेडाडाँमा १३६औं महागुरु फाल्गुनन्द जन्मजयन्ती सम्पन्न

  • कबिन तुम्बापो लिम्बू

धनकुटा । धनकुटा, मोरङ र सुनसरीको संगम स्थल धार्मिक पर्यटकीय स्थल ध्वजेडाडाँमा विश्व शान्ति तथा मानव एकताका सम्बाहक, सत्य र अहिंसाबादी राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ लिङ्देन फाल्गुनन्द १३६औं जन्मजयन्ती कार्यक्रम सृर्जना वाचन गरि सम्पन्न भएको छ ।

मंगलबार प्रमुख अतिथि किरात धर्म तथा साहित्य उत्थान संघ धनकुटाका अध्यक्ष पूर्ण खजुमको हस्तबाहुलीबाट दिप प्रज्वलन गरि समुद्घाटन भएको कार्यक्रम किरात धर्म तथा साहित्य उत्थान संघ धनकुटाको प्रायोजन र यालेस धनकुटाको आयोजनामा सम्पन्न भएको हो ।

कार्यक्रममा धनकुटा र मोरङमा रहेर साहित्य क्षेत्रमा शसक्त कलम चलाउने यालेस केन्द्रिय सदस्य कवि राज माङ्लाक, कवि मुकुन्द प्रयास, यालेस केन्द्रिय सदस्य कवि केजि सुब्बा, किरात धर्म तथा साहित्य उत्थान संघ मोरङ सचिव गजलकार सुक्र आङ्देम्बे, किरात धर्म तथा साहित्य उत्थान संघ मोरङ सदस्य कवि सन्देश तुम्बापोले सृजना वाचन गरेका थिए ।

यसैगरि जेसास अध्यक्ष कवि ह्र्दय चबेगु, सिएलसिएस कमिटी धनकुटा अध्यक्ष गायक आधुनिक देवान, चलचित्र निर्देशक कवि राजेश किराँती लिम्बू,यालेस धनकुटा कोषाध्यक्ष कवि श्रीमान खजुम, चलचित्र निर्देशक कवि रोमि मगर, यालेस धनकुटा सह सचिव कवि सर्गम खजुम, कवि कमल चेम्जोङ याक्थुङ्बा, कवि असोक किराँती, गजलकार मिलन चबेगु, गजलकार राज सानू चबेगु, किरात धर्म तथा साहित्य उत्थान संघ मोरङ चौविसे धनकुटा अध्यक्ष कवि टेकबिर युङ्साहाङ, समाजसेवी लेखक भक्त तुम्बापो लगायतले सृर्जना वाचन गरेका थिए ।

किरात याक्थुङ चुम्लुङ पूर्व धनकुटा अध्यक्ष शिव इङ्नाम, खोःसा चलचित्रका कलाकार जया चेम्जोङ, निर्माता कमला तुम्बापो, किरात धर्म तथा साहित्य उत्थान संघ धनकुटा सह सचिव भूपालसिं चेम्जोङ समेतको उपस्थिति रहेको थियो ।

यालेस धनकुटा सचिव टीका थोक्लेनको कार्यक्रम सञ्चालन र श्रीमान खजुमले स्वागत मन्तव्य राखेको कार्यक्रम यालेस धनकुटा अध्यक्ष कबिन तुम्बापोको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर