थप २ हजार ५ सय ६९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ लाख नाघ्यो - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थप २ हजार ५ सय ६९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ लाख नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ५ सय ६९ जनामा कोरोना भाईरस(कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा १ हजार ६ सय ६६ जना कोरोना मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ५ सय ६९ जनासहित देशभर संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६६ जना कोरोना मुक्त भए सगैं १ लाख ६२ हजार २ सय ४३ जना उपचारपछि घर फर्किएका छन् ।

यसैगरि नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यू भए संगै मृत्यू हुनेको संख्या १ हजार १ सय ७४ पुगेकोे छ ।

सम्बन्धित खवर