आगलागी हुँदा इलामको देउमाइमा १६ लाख बढीको क्षति - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आगलागी हुँदा इलामको देउमाइमा १६ लाख बढीको क्षति

देउमाइ । इलामको देउमाइ नगरपालिका–१, मैदानेमा एक घर आगलागी हुँदा १६ लाख ७२ हजार बराबरको धनमाल क्षति भएको छ ।

विहिवार विहान करिब ९ बजे राँके बजार नजिकै गोलियाटारमा रहेको राजु राईको घर आगलागी हुँदा १६ लाख ७२ हजार बराबरको धनमाल क्षति भएको हो ।

राईको सुनचाँदी, अन्न लत्ताकपडा, सिलिन्डर, भाँडावर्तन र भान्सा घर सहित एकतले घर पूर्णरूपमा जलेर नष्ट भएको चिलिङ्देन प्रहरी चौकी राँकेका प्रहरी नायव निरीक्षक दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पिडित शान्ता राई घरबाहिर काम गर्न गएको बेला छोराछोरीले भान्सा घरमा खाना पकाउने क्रममा ग्याँस चुल्होबाट आगो फैलिन गइ अचानक आगलागी भएको जनाएको छ ।

पिडित परिवारलाई तत्काल खानेबस्ने अस्थाई व्यवस्था गर्न वडा नम्बर –१ का अध्यक्ष माधब बस्नेत सहितको उपस्थितिमा पहल शुरु गरिएको जनाएको छ । उनका श्रीमान् भने छ महिना अघि बैदेशिक रोजगारमा गएका छन् ।

सम्बन्धित खवर