दमकका ७६ जनासहित झापामा १ सय ३२ जनामा कोरोना पुष्टि - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकका ७६ जनासहित झापामा १ सय ३२ जनामा कोरोना पुष्टि

दमक । दमकका ७६ जनासहित झापामा १ सय ३२ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

आज(शनिबार) संक्रमितमध्ये ५३ जना महिला र ७९ जना पुरुष रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

दमकमा ३१ महिला र ४५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यसैगरि कनकाईमा ६ महिला र १२ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

झापा गाउँपालिकामा २ महिला र ९ पुरुष, बिर्तामोडमा ५ महिला, ४ पुरुष, भद्रपुरमा ३ महिला, ३ पुरुष, मेचीनगरमा १ महिला, २ पुरुष, कमलका २ महिला, हल्दिबारीमा १ महिला र १ पुरुष, गौरीगञ्ज, बाह्रदशी र बुद्धशान्ति गाउँपालिकामा १/१ पुरुष तथा अर्जुनधारा र शिवसताक्षीमा १/१ महिलामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी स्वास्थ्य कार्यालयका अनुसार आज गौरादह ४ का ७० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण न्यूरो अस्पताल विराटनगरमा निधन भएको छ ।

सम्बन्धित खवर