झापाको दमक अस्पतालमा आगलागी हुदाँ करोडौंको क्षति - Mangsebung News
  • बिहिबार, जेठ ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापाको दमक अस्पतालमा आगलागी हुदाँ करोडौंको क्षति

दमक । झापाको दमक नगरपालिका–१, मा अवस्थित दमक अस्पतालमा विद्युत चुहिएर आगलागी हुदाँ करोडौंको क्षति भएको अस्पतालले जनाएको छ ।

आज(शनिबार) अस्पतालको औषधी भण्डारण कक्षमा अचानक विद्युत् चुहिएर आगलागी हुदाँ जिल्ला स्तरिय सरकारी दमक अस्पतालमा एक करोड मूल्य बराबको क्षति हुन पुगेको अस्पतालले जनाएको हो ।

नगरपालिकाका दुई दमकल, अस्पतालका कर्मचारी, प्रहरी तथा स्थानीयको सहयोगबाट करिब आधा घण्टापछि आगो पूर्णरुपमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।

अपराह्न २ः०० बजेदेखि लागेको आगलागीबाट अस्पतालका लागि चाहिने औषधी पूर्णरुपमा नष्ट भएको अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डाक्टर खड्ग लिम्बुले बताए ।

सम्बन्धित खवर