पटाका पड्काँउदा पाँचथरको हिलिहाङमा एक घरमा आगलागी - Mangsebung News
  • बिहिबार, जेठ ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पटाका पड्काँउदा पाँचथरको हिलिहाङमा एक घरमा आगलागी

पाँचथर । पाँचथरको हिलिहाङ गाँउपालिका ३ पञ्चमीमा तिहारमा रमाइलोका लागि पड्काएको पटाकाबाट सल्केको आगोले एउटा घर जलेर नष्ट भएको छ ।

शनिबार साँझ हिलिहाङ गाँउपालिका ३ तुम्बुङका शर्ण योङहाङको घर पटाकाबाट सल्केको आगोले जलेर नष्ट भएको हो ।

स्थानीय शर्ण योङहाङको आगलागीबाट घर पूर्णरूपमा क्षति हुँदा रु पाँच लाख ८६ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

लक्ष्मीपुजा गर्नु अगाडी पड्काइएको पटाकाले योङहाङको तीनतले घर र घर भित्र रहेका सबै सामग्री जलेर नष्ट भएको हिलिहाङ ३ का वडाध्यक्ष मदन गौतमले बताए ।

स्थानीय प्रहरी चौकी गोपेटारबाट गएको टोलीले चार घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक विश्वकर्माले बताए ।

सम्बन्धित खवर