पाँचथरको मिक्लाजुङमा आगलागी हुदाँ साढे तीन लाख बराबरको क्षति - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पाँचथरको मिक्लाजुङमा आगलागी हुदाँ साढे तीन लाख बराबरको क्षति

मिक्लाजुङ । पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं ६ मेवाखोलामा यस्तै आज बिहान विद्युत् चुहिएर आगलागी हुदाँ साढे तीन लाख बराबरको क्षति भएको छ ।

आइतबार बिहान स्थानिय धनराज लिम्बूको घरमा आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट हुदाँ साढे तीन लाख बराबरको क्षति भएको हो ।

आगलागीबाट घरमा भएको अन्नपात, लत्ताकपडा, पाँच तोला चाँदी, १० हजार नगदसहित घर पूर्णरूपमा जलेर नष्ट हुँदा तीन लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रविबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सक्रियतामा दुई घण्टापछि आगो नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित खवर