कमलमा आगलागी हुँदा एक बालिकाको जलेर मृत्यु - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कमलमा आगलागी हुँदा एक बालिकाको जलेर मृत्यु

दमक । झापाको कमल गाउँपालिका २ थापा गाउँमा गएराति आगलागी हुँदा जलेर एक बालिकाको मृत्यु भएको छ ।

कमल गाउँपालिका २ का ध्रुव परियारको घरमा राति आगलागी हुँदा उनकी ७ बर्षीया छोरी रेजुका परियारको जलेर मृत्यु भएको हो ।

आगो दन्केपछि उनलाई घरबाट निकाल्न नसकेको र घटनास्थलमै मृत्यु भएको छ । बुवाआमा घर बाहिर रहेको र छोरी रेजुका मात्रै भित्र सुतिरहेको अवस्थामा मैनवत्तीबाट सो आगो लागेको जनाइएको छ ।

आगो निभाउने क्रममा ग्यास पड्किएर स्थानीयबासी २२ वर्षिय राम टुडु घाइते भएका थिए । स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

आगलागीबाट परियारको इँटाको गारो र टीनको छानो भएको घर पूर्णरुपमा जलेर नष्ट हुँदा करिव १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

सम्बन्धित खवर