‘रानीटारे पुजारी’ नरदल फेजङको ७९ वर्षको उमेरमा निधन - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘रानीटारे पुजारी’ नरदल फेजङको ७९ वर्षको उमेरमा निधन

माङसेबुङ । ‘रानीटारे पुजारी’ उपनामले चिर परिचित साङदाङगेन वारुमसावा नरदल फेजङ नेम्बाङको निधन भएको छ ।

आज(बुधबार) बिहान पान्थर जिल्ला फेदेन नगरपालिका ७ रानीटारमा बि सं. १९९८ साल माघ २६ गते जन्मनु भएका नरदल फेजङ ‘रानीटारे पुजारी’को ७९ वर्षको उमेरमा निधन भएको हो ।

किरात धर्म दर्शनदाता महागुरु फाल्गुनन्द लिङ्देनसँग बाल्यकालमा पटक पटक भेटघाट गर्नुका साथै महागुरुबाटै दिक्षित भएर किरात धार्मिक कार्यमा आजीवन लागिपर्नुुभएका नरदल फेजङ किरात साम्जीक मुन्धुम किरात इतिहासबारे जानकार मानिन्थे ।

किरात ज्योतिषविद रनधोज नेम्बाङ संगको सामिप्यता कारण उनी किरात ज्योतिषमा समेत दक्ष मानिन्थे । पछिल्लो समय रोगले थलिएका ‘रानीटारे पुजारी’ सेतै फुलेका लामो केश, दाह्री जुँगा सहितको हेर्दै साधु, सन्त, महन्त थिए ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ लाई महागुरुको साक्षात अवतार मानि गुरु तथा गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनलाई आफ्नो अभिभावक, मार्गनिर्देशक ठान्दै उहाँहरुबाटै मार्गनिर्देशित भई किरात धार्मिक परोपकारी तथा सामाजिक कार्यमा नै सारा जीवन बिताएका फेजङ प्राकृतिक सौन्दर्यताले भरिपूर्ण ऐतिहासिक स्थल पान्थरको रानीटारमा बसोबास गर्दै आएका थिए ।

सम्बन्धित खवर