पहिलो पाटीगाउँ दौड सम्पन्न, उपाधि सुमन र सिमाको पोल्टामा - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पहिलो पाटीगाउँ दौड सम्पन्न, उपाधि सुमन र सिमाको पोल्टामा


मोरङ । मोरङको केराबारी गाउँपालिका–१, पाटीगाउँमा प्रथम पटक मिनी म्याराथुन प्रतियोगिता सम्पन्न भएको छ ।

खेलको माध्यमबाट शारीरिक तथा मानसिक विकास गराउने उदेश्यले आयोजना गरिएको प्रथम मिनी म्याराथुन शुक्रबार सम्पन्न भएको हो ।

उक्त प्रतियोगिताको उपाधि सुमन लिम्बु र सिमा मगरको पोल्टामा परेको छ । पुरुष तर्फ सुमन लिम्बुले ५.५ किः मि को निर्धारित दुरी २१ मेनेट २४ सेकेन्डमा पार गर्दै प्रथम स्थान हासिल गरे ।

त्यस्तै महिला तर्फ सिमा मगरले निर्धारित दुरीलाई १९ मिनेट ३१ सेकेन्डमा पार गर्दै प्रथम स्थान हासिल गरेकाछिन् । उनीहरुले आफ्ना प्रत्यासी ७५ जनालाई पछि पार्दै प्रथम भएका हुन ।

यसरीनै पुरुष तर्फ २२ मिनेट ०७ सेकेन्डमा निर्धारित दुरी पार गर्दै यमुनी लिम्बु द्वितिय र सन्तोष राईले २२ मिनेट ४२ सेकेन्डमा दुरी पार गर्दै तेश्रो स्थान हासिल गरे । विजेता प्रथम, दितृय र तृतियले. क्रमशः ५ हजार, ३ हजार ५ सय, २ हजार ५ सय र ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे ।

त्यस्तै लक्ष्मी लिम्बुले २० मिनेट ३३ सेकेन्डमा उक्त दुरी पार गर्दै द्धितिय भए । भने गोमा लिम्बुले २२ मिनेट ४ सेकेन्डमा सो दुरी पार गरी तेश्रो बन्न सफल भएका हुन । विजेता प्रथम, दितृय र तृतियले क्रमशः नगद रु ४ हजार ३ हजार, २ हजार र प्रमाणपत्र तथा ट्रफी प्राप्त गरेका छन् ।

त्यस्तै दशौं स्थानसम्म हासिल गरेका महिला, पुरुष तर्फका सहभागीहरुलाई सान्त्वना स्वरुप प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

बिजेता खेलाडीहरुलाई केराबारी १, का वडाअध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि चन्द्रसिंह लिम्बुले पुरस्कार प्रदान गरेका थिए । विशिष्ट अतिथीहरुमा शरण थापा मगर, अतिथी तारा कुमारी लिम्बु, चन्द्र ब.मगर, राजेन्द्र राई लगायतका उपस्थिति रहेको थियो ।

डेभिड लिम्बु, किरण लिम्बु, र बिपुल मगरले दौडको आयोजना गरेका हुन । यस दौडलाई हरेक वर्ष आयोजना गर्ने आयोजकले जनाएको छ ।

सम्बन्धित खवर