मुटु रोगले थलिएकी जीनाको सहयोग अपील - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मुटु रोगले थलिएकी जीनाको सहयोग अपील


दमक । भनिन्छ, मान्छेलाई ऋण लागोस्, दीन नलागोस् । तर इश्वर पनि यति निर्दयी हुने रैछ गरिव दुःखीलाई दुःख माथी झन दुख दिन्छ ।

सामान्य आर्थिक अवस्था भएको र दैैनिक ज्यालादारी गरेर गर्जो टार्दै आएका दमक ७, संरक्षण टोलमा बस्दै आएका सञ्जय मुदेन्सङ साबाको परिवारमा विगत ४ वर्ष अगाडि बज्रपात पर्यो । उनकी साइली छोरी जीना मुदेन्सङलाई मुटु रोगले ग्रसित भए । त्यस यता मुदेन्सङ परिवारमा विपतीको दिन सुरु भयो ।

कक्षा ६ मा पढ्दा पढ्दै मुटु रोगले ग्रस्त भएपछि जीनाको अध्ययनमा असर परेको छ । अझै बाच्ने र पढेर केही गर्ने सोच बोकेका जीना बाच्न चाहान्छिन् । तर, अहिले उनको अवस्था मुटु दुखाईको पिडाहरुले जिउदो लास जस्तो भएको छ ।

विगत ४ वर्ष अगाडि दमक फार्मेसीमा गंगालाल हृदय रोग केन्द्रबाट आएका डा. चन्द्रमणी अधिकारीले जीनालाई मुटुको भल्वमा प्वाल परेको जानकारी गराएका थिए । तर आर्थिक अभावको कारणले मुदेन्सङ दप्पतीले छोरीको उपचार गर्न अस्पताल लान सकेनन् । डा. अधिकारीले सिफारिस गरेको औषधिको सेवनले दुखाई कम भएको र स्वास्थ्यमा केही सुधार भएको थियो ।

केही महिना यता विश्व भरीनै महामारकिो रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण नेपालमा लकडाउन भयो । जसले गर्दा रोजिरोटी गुम्यो र दैनिक जीवनमा ठुलै असर पार्यो । त्यसैले गर्दा जीनाले सेवन गर्दै आएको औषधि किन्न नसकेर औषधि छुट भयो । त्यसपछि जीनालाई बिरामले च्यापदै लग्यो । अहिले अवस्था निकै विराल भएको छ ।

हाल विराटनगर स्थित नेवेल अस्पतालमा उपचार गराई रहेका जीनाको जीवन बचाउनको लागि परोपकारी मन भएका देवत्व मानिसहरुलाई सहयोगका लागि अपिल गरिन्छ ।

ताप्लेजुङको सान्थाक्रा स्थायी घर भई हाल दमक ७, संरक्षण टोलमा बस्दै आएका जीनाको उपचारका निम्ती सहयोग गर्न चाहानुहुने महानुभावहरुले एनआइसी एसिया बैंकमा रहेको विनय कुमार फागुको एकाउन्ट नम्बर ३४८७८२०५८०५२४००१ मा जम्मा गर्न वा निम्न नम्बरमा सम्पर्क गर्न सक्नुहुने छ ।

बिरामीका बाबा सञ्जय मुदेन्सङ साँबा सम्पर्क ९८०४९५१५७५
दिदीः झरना साँबा ९८०७९१२५६५
बिक्रम फागो वनेम ९८२४९७२९६६ र ९८६६८९०२९९
निवाहाङ थेबे ९८०३०५७१९९
आन्छुमे नसान ९८४४६०२९३८
ज्ञानु केदेम ९८४४६०४४५६

सम्बन्धित खवर