माङसेबुङ सहकारीको साधारण सम्पन्न, अध्यक्षमा पुनः खजुम निर्वाचित - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङ सहकारीको साधारण सम्पन्न, अध्यक्षमा पुनः खजुम निर्वाचित


दमक । इलामको माङसेबुङमा रहेको माङसेबुङ कृषि बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा राजेन्द्र बिक्रम खजुम पुनः निर्वाचित भएकोे छ ।

शनिबार माङसेबुङ गाउँपालिका वडा न. ३ का अध्यक्ष मैतराज राईको प्रमुख अतिथिमा सरस्वती उच्च मा.वि.को प्रांगणमा सम्पन्न माङसेबुङ सहकारी संस्थाको १५औ साधारण सभाबाट पुन दोस्रो कार्यकालको लागि सञ्चालक समितिको अध्यक्षमा खजुमलाई निर्वाचित भएको हो ।

समितिको उपाध्यक्षमा दुधबहादु लाओती, सचिवमा राजहाङ लाओती, सह–सचिवमा मनोज शिवाकोटी र कोषाध्यक्षमा राजकुमार माबोहाङ निर्वाचित भएका छन् ।

यसैगरि सदस्यहरुमा किसन खजुम, मखमाया आङदेम्बे, महेशकुमार सेर्मा, निशा चेम्जोङ, चन्द्र इङनाम निर्वाचित भएका छन् । लेखा समितिको संयोजकमा भने धनसिं सम्बाहाम्फे र सदस्यमा देउकुमार इधिङ्गो निर्वाचित भएका छन् ।

सम्बन्धित खवर