इन्द्रशुसिल र दिपाको पुर्वेली गीत ‘बिति जाला जीन्दगी’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इन्द्रशुसिल र दिपाको पुर्वेली गीत ‘बिति जाला जीन्दगी’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । पुर्बेली गायक इन्द्रशुसिल तिलिङ चेङबाङ लिम्बू र गायिका दिपा सुहाङ लिम्बूको सुमधुर आवजमा सजिएको पुर्बेली लोक भाकाको गीत ‘बिति जाला जीन्दगी’ युट्यूवबाट सार्वजनिक गरिएको छ ।

गीतकार कुशल तामाङको शव्द संकलन तथा निर्माणमा इन्द्रशुसिल तिलिङ चेङबाङ लिम्बूको संगीत रहेको पुर्बेली लोक भाकाको गीत ‘बिति जाला जीन्दगी’ सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

राजु कार्कीको संगीत संयोजन तथा मिक्सिङ रहेको गीतलाई किङ स्टुडियो काडमाण्डौ र पुर्वाञ्चल रेकर्डिङ स्टुडियो इटहरीमा रेकर्डिङ गरिएको हो ।

सिमिक्लुङ दर्पण प्रा.लि.को प्रडक्सनमा तयार भएको भिडियोलाई सुरेन लिम्बूले छयाँकन तथा सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस…


सम्बन्धित खवर