बम बिस्फोट गराएको आरोपमा उदयपुरमा विप्लव समूहका दुई कार्यकर्ता पक्राउ - Mangsebung News
  • बिहिबार, जेठ ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बम बिस्फोट गराएको आरोपमा उदयपुरमा विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

उदयपुर । प्रतिबन्धित नेत्रबिक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकता बम बिस्फोट गराएको आरोपमा पक्राउ परेका छन् ।

उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम बिस्फोट गराएको आरोपमा विप्लव समूहका ताप्ली गाउँपालिका ५ रुपमाटारका गौरबहादुर देवकोटा र ताप्ली गापा १ ओख्ले घर भएका रितु विकलाई प्रहरीले पक्राउ गरेको हो ।

उदयपुर इन्चार्ज विजय रामले अनुसार बिक जिल्ला समिति सदस्य हुन भने देवकोटा हाल समूह(पार्टी) मा आवद्ध नरहेका व्यक्ति भएको जानकारी दिएका छन् ।

ताप्ली गाउँपालिकाको कार्यालय रुपाटारमा अज्ञात समूहले केही दिन अघि बम बिस्फोट गराएको थियो ।

घटनामा संलग्नहरुको खोजी जारी राखेको प्रहरीले अनुसन्धानको लागि नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भीम दाहालले जानकारी दिए ।

बम बिस्फोटबाट टेबल, कुर्सी र भवनमा सामान्य क्षति पुगेको थियो ।

सम्बन्धित खवर