असार मसान्तसम्ममा यासोक बजार धुलो र हिलो मुक्त हुने  - Mangsebung News
  • बिहिबार, जेठ ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

असार मसान्तसम्ममा यासोक बजार धुलो र हिलो मुक्त हुने 

  • पदम सुखि सम्बाहाम्फे

पाँचथर । पाँचथर जिल्लाको कुम्मायक गाउँपालिकामा रहेको यासोक बजारलाई असार मसान्तसम्ममा कालोपत्रे गरिसक्ने भएको छ ।

कुम्मायक गाउँपालिकाको केन्द्र समेत रहेका यासोक बजारलाई असार मसान्तसम्ममा कालोपत्रे गरिसक्ने सिएम कृष्ण लक्ष्मी जेभि कन्ट्रक्सनका ठेक्केदार सितादेवि बस्नेतले बताएकी छन् ।

प्रदेश सरकारको आर्थिक सहयोगमा बजार ब्यबस्थापनका लागि शहरी बिकास तथा भवन निर्माण कार्यलय इलाम सगं गत असारमा सिएम कृष्ण लक्ष्मी जेभिले १० करोड ५२ लाख ४५ हजार ३ सय ५५ रुपैयाँ १४ पैसामा भ्याट सहित ठेक्का सम्झौता गरेको थियो ।

हिउँदमा धुलाम्मे र बर्षामा हिलाम्मे हुने उक्त यासोक बजारमा रहेका सबै सरकारी कार्यलयको पहुँच सम्म मोटर बाटो कालोपत्रे हुने बताइएको छ ।

२०७९ पौष ९ गते अढाई बर्ष सम्ममा निर्माणकार्य पुरा गरिसक्नु पर्ने उक्त बजार एरियाको पिपलबोटे टिका भञ्ज्याङ् पशुकार्यलय १२ सय २७ मिटर, भित्री बजार २ सय ४६ मिटर, कुखुरे भञ्ज्याङ् यासोक चोक काफ्लेपानी ८ सय ४७ मिटर, यासोक बजार चोक हुदै थापा गाउँ खानेपानी कार्यलय सम्म ८ सय ५४ मिटर, यासोक देखि स्याबरुम्बा जाने बाटो ३ सय २० मिटर गरि जम्मा ३ हजार ४ सय ७६ मिटर सडक कालोपत्रे निर्माणकार्य हुने सहरी बिकास तथा भवन कार्यलय इलामका प्रमुख रुद्रनारायण मिश्रले बताए ।

यसैबीच कुम्मायक गाउँपलिकाका अध्यक्ष जयबहादुर चेम्जोङको संयोजकत्वामा बिहीबार बसेको सर्बपक्षिय बैठकले गाउँपालिकाको वडा १ र ४ अन्तर्गतको यासोक बजारको कालोपत्रे सडक निर्माण ब्याबसायीलाई गाउँपालिका र बजार ब्यबस्थापन समिति तथा उद्योग बाणिज्य संघ को समन्वयमा निर्माणकार्य गर्ने र निर्माण सामग्रीको गुणस्तरमा कुनै प्रकारको कमिकम्जोरी हुन नदिने साथै आवस्यक सुझाव तथा परामर्श र सहयोग गर्ने जस्ता निर्णय गरेको छ ।

उक्त बैठकमा स्थानीय जनप्रतिनिधि समाजसेवी, ब्यावसायि राजनीतिक दलका पार्टी प्रतिनिधि साथै कर्मचारी र पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर