किरात धर्मगुरु आत्मानन्द जन्मोत्सवमा माङसेबुङ गाउँपालिकाले सार्वजनिक विदा दिने - Mangsebung News
  • बिहिबार, जेठ ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरात धर्मगुरु आत्मानन्द जन्मोत्सवमा माङसेबुङ गाउँपालिकाले सार्वजनिक विदा दिने

माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ६७ औं जन्मोत्सवको अवसरमा इलामको माङसेबुङ गाउँपालिकाले सार्वजनिक विदा दिने भएको छ ।

मंसिर ११ गते बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार मंसिर १८ गते किरात धर्मगुरु महिङगुम अङसीमाङ लिदङदेन आत्मानन्द ६७ औं जन्मोत्सवमा स्थानीय सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

किरात धर्मगुरु लिङदेन राष्ट्रिय विभूति फाल्गुनन्दका पूनर अवतारको रुपमा मानिनुभएका उहाले किरात समुदायमा पुर्याएको योगदानको सम्मानस्वरुप सार्वजनिक विदा दिने निर्णय गाउँ कार्यपालिकाले गरेको माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङगोले बताए ।

गाउँपालिकाले यस निर्णयलाई निरन्तरता दिएकोमा किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा समिति र किरात धर्म तथा साहित्य उथान संघले धन्यवाद प्रकट समेत गरेका छन् ।

किरात धर्मगुरु लिङदेन आत्मानन्द ‘सेइङ’ जन्मोत्सव १८ मंसिरमा यस वर्ष कोरोना भाइरसको उच्च जोखिमलाई ध्यानमा राख्दै सामाजिक दुरी साथै स्वास्थ्य मापदण्ड पुरा गरि माङसेबुङमा मनाइने आयोजकले जनाएको छ ।

सम्बन्धित खवर