मोरङ । मोरङको केराबारी गाउँपालिकाले पालिका भित्र पर्ने वडाको कार्यालय उदघाटन गरेको छ ।
केराबारी गाउपालिकाका अध्यक्ष रोहित बहादुर कार्कीको प्रमुख आतिथ्यमा पालिकाको वडा नं.१ पाटीगाउँकोे कार्यालय उदघाटन गरेको हो । यस वडा कार्यालय पालिकामा सबै भन्दा पहिले उदघाटन गरेको छ ।
करिव ५० लाखको लागतमा निर्माण गरिएको सो भवनबाट गत साउन देखि वडा बसिलाइ सेवा प्रदान गर्दै आए पनि कोभिड १९ को कारण विधिवत रुपमा कार्यलय उदघाटन भने हुन सकेको थिएन ।
यसै अवसरमा वडाको तर्फबाट विगत लामो समयसम्म गाविस सचिवको रुपमा आफ्नो कार्यकाल पूरा गरिसकेका नरबहादुर कट्टुवाललाई मायाको निनो र सम्मान पत्रद्धारा सम्मान गर्दै बिदाइ गरेका थियो ।
सोही गाउँको सेल्लेङ टोलमा महिला केटा केटिहरुको समस्यालाइ बुझी गाउघर क्लिनिक स्थापना गर्न र भलिबल खेल मैदान निर्माण गर्न आबस्यक जग्गा दान गर्ने शुक्र बहादुर भुजेल दम्पतीलाई सम्मान गरिएका थियो ।
त्यस्तै विगत देखि लामो समय यता समाज सेवा गरिरहेका धरानमा बसेर पाटीगाउँको हरेक बिकासका गतिविधिहरुमा सहयोग गरिरहने डेभिड लिम्बुलाई पालिकाले सम्मान गरेको थियो । साथै पाटीगाउँको खेल प्रेमी युवाहरुको लागि वडा अध्यक्ष चन्द्रसिंह लिम्बूलाई ८ थान बल पालिकाले हस्तान्तरण गरेको थियो ।
विशिष्ट अतिथीको रुपमा पालिका उपाध्यक्ष शान्ती भुजेल लिम्बु, विशेष अतिथी पालिका कार्यकारी प्रमुख होम प्रसाद पौडेल, अतिथी शिक्षा शाखा प्रमुख अर्जुन घिमिरे लगायत अतिथिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
वडा न.१ का अध्यक्ष चन्द्रसिं लिम्बुको अध्यक्षमा सम्पन्न कार्यक्रम शुक्र आङदेम्बेले सञ्चालन गरेका थिए ।