सञ्चारकर्मी सरीताद्धारा बिरामीलाई सहयोग - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सञ्चारकर्मी सरीताद्धारा बिरामीलाई सहयोग

माङसेबुङ । सञ्चारकर्मी तथा रेडियो माङसेबुङका आर.जे सरीता राईले बिरामीलाई सहयोग प्रदान गरेकी छिन ।

ब्रेन ट्युमरका बिरामी सन्तहाङ केदेमलाई रु १० हजार रुपैयाँ र बिराटनगर स्थित नोवेल अस्पतालमा उपचार गराईरहेकी  मुटु रोगी जीना मदेन्छङ साबाँलाई ५ हजार रुपैया राईले सहयोग प्रदान गरेकी हुन ।

उनले केदेमलाई उनकै निवासमा बिरामीलाई भेटेर रकम प्रदान गरेकी हुन भने जीनाका लागि भने अभियान टोलीका सदस्यलाई रकम प्रदान गरेका छन् । यो सानो सहयोगले बिरामीदयको उपचारमा थोरै भए पनि सहयोग मिल्छ की भन्ने हेतुले सहयोग गरेको बताइन ।

सदाबहार राष्ट्रिय टिकटक प्रतियोगीता–२०७७ मा प्रथम भए बापत प्राप्त भएको पुरस्कार रकम रकमबाट केही पैसा छुट्याएर उक्त रकम बिरामीहरुलाई प्रदान गरेको राईले जानकारी गराए ।

यसरी सहयोग गर्ने चाहाना सानो छदा देखि नै भएको र सहयोग गर्न पाउदा आत्मासन्तुस्टी मिल्ने भन्दै अहिले आएर सारो गाह्रोमा परेकालाई सहयोग गर्न पाउदा खुसी लागेको बताइन् ।

सम्बन्धित खवर