याक्खा छुम्मा झापाको अध्यक्षमा मच्छिन्द्र सर्वसम्मत चयन - Mangsebung News
  • शनिबार, बैशाख १९, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

याक्खा छुम्मा झापाको अध्यक्षमा मच्छिन्द्र सर्वसम्मत चयन

दमक । किरात याक्खा छुम्मा झापाको चौंथो जिल्ला अधिवेशनबाट अध्यक्षमा मच्छिन्द्रकुमार याक्खालाई सर्वसम्मत चयन गरेको छ ।

बुधबार दमकमा सम्पन्न चौंथो जिल्ला अधिवेशनबाट मच्छिन्द्रकुमार याक्खाको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।

निर्वाचन समितिका संयोजक कमन देवानका अनुसार समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः टेकबहादुर देवान, टिकाराज देवान, राजेश देवान र विष्णु थायुम चयन भएका छन् ।

यसैगरि सदस्यहरुमा टंक लुम्बा, परिना देवान, भदृका जिमी सोम्याङ र रामकुमार याक्खा रहेका छन् ।

याक्खा छुम्मा झापाका कार्यबाहक अध्यक्ष टेकबहादुर देवानको अध्यक्षतामा सम्पन्न अधिवेशनको समुद्घाटन कार्यक्रममा छुम्माका केन्द्रीय उपाध्यक्ष लहरु जिमी याक्खा, छुम्मा केन्द्रीय सदस्य कमन देवानले याक्खा, किरात राई यायोक्खाका केन्द्रीय सदस्य इन्द्रमान चाम्लिङ र किरात याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य बिष्णुमाया चेम्जोङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित खवर