कोरोना संक्रमणबाट दमकका एक वृद्धाको मृत्यु - Mangsebung News
  • बिहिबार, जेठ ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमणबाट दमकका एक वृद्धाको मृत्यु

दमक । कोरोना भाईरस(कोभिड–१९) संक्रमणवाट दमकका थप एक जना वृद्धाको मृत्यु भएको छ । योसंगै दमकमा कोरोना संक्रमित मृतकको संख्या ३१ पुगेको छ ।

आज(मंगलबार) बिहान ७ बजे दमक ३ की ८२ बर्षिया एक महिलाको उपचारका क्रममा वीपी कोभिड उपचार केन्द्र धरानमा मृत्यु भएको हो ।

नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईका अनुसार उनलाई केही दिन अघि उपचारका लागि त्यसतर्फ पठाइएको थियो ।

 

सम्बन्धित खवर