पान्थर । महागुरु फाल्गुनन्दको कान्छो चेलाका रुपमा जीवित रहेका रानीटार निवासी साङ्दाङगेन वारुम्साबा नरदल फेजङको सुधाईमा किरात साम्यो नालीफुङ्वा पान्जुम्भोका पुर्व पदाधिकारहिरुले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
फजे कार्यको दिनमा फेजङको निवास पान्थरको रानीटारमा झापा, मोरङ, सुनसरी, धनकुटा, ताप्लेजङ, पान्थर, इलाम र काठमाण्डौ लगायतका जिल्लाहरुबाट नालिफुङ्वाका पूर्व पदाधिकारिहरुको उपस्थितिमा पूर्व केन्द्रीय सदस्य सुक्र आङ्देम्बेद्धारा श्रद्धाञ्जली पत्र वाचन गरी पूर्व उपाध्यक्ष हृदय थेगिम र पूर्व सद्स्य विजय लावतीले फेजङको परिवारलाई श्रद्धाञ्जली पत्र हस्तान्तरण गरेका थिए ।
उक्त सुधाईमा पूर्व संघीय सांसद आइन्द्र विक्रम नेम्बाङ लगायत विभिन्न संघ संस्थाको प्रतिनिधीहरुको समेत रहेको थियो ।
फेजङका साईला छोरा भगीहाङ नेम्बाङ नालीफुङवाका संस्थापक सचिव रहेका थिए ।
महागुरुको कान्छो जिवित चेला फेजङको स्वास्थ्य स्थिती गडबडी भएपछि निजि निवासमै रहेर स्वास्थ्यलाभ गरीरहेको अवस्थामा पाथर फेदेन न.पा.७, रानीटार निवासी फेजङको ७९ औं वर्षमा गत मंसिर ३ गते असामयिक निधन भएको थियो ।
शोक सभामा बर्तमान धर्न गुरु अंसिमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ र अंसिमामाङ सांबा पबित्रहाङ्मा लिङ्देनहरु संवेदना र सहानुभूती प्रकट गर्न केही दिन अगाडिनै फेजङ निवासमा सवारी भेका थिए ।