नेपाल टेलिभिजनका संवाददाता मुखियालाई सहारा सहकारी पत्रकारिता पुरस्कार - Mangsebung News
  • बिहिबार, जेठ ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल टेलिभिजनका संवाददाता मुखियालाई सहारा सहकारी पत्रकारिता पुरस्कार

झापा । सहारा नेपाल सहकारी संस्था (सहारा साकोस)ले स्थापना गरेको सहारा सहकारी पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका झापा संवाददाता इन्द्रजित मुखियालाई प्रदान गरिएको छ ।

बिर्तामोडमा मुख्य कार्यालय रहेको सहकारीको २४औं वार्षिक साधारणसभाको अवसरमा नेपाल पत्रकार महासंघ झापाका सहसचिवसमेत रहेका मुखियालाई यसवर्षको उक्त पुरस्कार प्रदान गरिएको हो ।

शनिबार प्रदेश नम्वर १ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामकुमार रानाले पत्रकार मुखियालाई २५ हजार नगद पुरस्कार प्रदान गर्दै सम्मान व्यक्त गरे ।

अढाई दशकअघिबाट टेलिभिजन पत्रकारिता सुरु गरेका पत्रकार मुखियाले पाएको पुरस्कारको रकममध्ये ५ हजार ५ सय ५५ रुपैयाँ डिकमान विरही स्मृति पत्रकारिता पुरस्कारका लागि प्रदान गर्ने घोषणा गरेका छन् ।

सहारा सहकारी पत्रकारिता पुरस्कार प्राप्त गर्ने मुखियाले यसअघि नेपाल टेलिभिजनले सहासिक पत्रकारिता र उत्कृष्ट जिल्ला संवाददाताको रुपमा पुरस्कृत गरिसकेको छ ।

सहकारीका कार्यवहाक अध्यक्ष हरिवहादुर निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास राज्य मन्त्री जशमाया गजमेर, नेफ्स्कुनका सदस्य घनश्याम अधिकारी, बिर्तामोड नगरपालिका २ का वडा अध्यक्ष नगेन्द्र संगौला, लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसैगरि सहकारीका कार्यकारी निर्देशक महेन्द्र कुमारले सहकारीको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

सम्बन्धित खवर