जातिमा ‘लिम्बू’ र धर्ममा ‘किरात’ जनगणनामा लेख्न इलामबासी लिम्बू समुदायमा अपिल - Mangsebung News
  • बिहिबार, जेठ ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जातिमा ‘लिम्बू’ र धर्ममा ‘किरात’ जनगणनामा लेख्न इलामबासी लिम्बू समुदायमा अपिल

इलाम । किरात याक्थुङ चुम्लुङ इलामले २०७८ मा हुने राष्ट्रिय जनगणनामा जात र जातिको महलमा ‘लिम्बू’ र धर्मको महलमा ‘किरात’ लेख्न इलामबासी लिम्बू समुदायमा अपिल गरेको छ ।

किरात याक्थुङ चुम्लुङ जिल्ला कार्यसमिति इलामले मंगलबार एक विज्ञप्ती जारी गर्दै त्यस्तो अपिल गरेको हो ।

चुम्लुङका सचिव राम योङहाङद्वारा हस्ताक्षरित विज्ञप्तीमा जातरजातिको महलमा ‘लिम्बू’, पूर्खाको भाषाको महलमा ‘लिम्बू’, मातृभाषाको महलमा ‘लिम्बू’, दोस्रो भाषाको महलमा ‘नजिकको आदिवासी जनजातिको मातृभाषा’ र धर्मको महलमा ‘किरात’ लेख्न अपिल गरेको हो ।

समानुपातिक समावेशिताको व्यवस्थालाई अधिकारसम्मत एवम् प्रभावकारी रुपमा कार्यान्वयन गर्न र गराउनका लागि जनसंख्यात्मक आधार निर्माणको लागि जात र जातिको महलमा ‘लिम्बू’ लेख्न अपिल गरेको छ ।

त्यस्तै मातृभाषाहरूलाई सरकारी कामकाजी भाषाको रूपमा स्थापित गर्न गराउनको लागि जनसंख्यात्मक आधार निर्माणको लागि मातृभाषाको महलमा ‘लिम्बू’ लेख्न, दोस्रो भाषाको महलमा ‘नजिकको आदिवासी जनजातिको मातृभाषा’ लेखाउन र धर्मको महलमा भने धर्मनिरपेक्ष राज्य, बहुधार्मिक, समावेसी र धार्मिक स्वतन्त्रताको हकलाई कायम गर्न गराउन ठूलो घेरामा स्थापित ‘किरात’ लेख्नरलेखाउन आग्रह गरिएको अपिलमा उल्लेख छ ।

‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ आगामी २०७८ जेठ २५ देखि असार ८ गतेसम्म राष्ट्रिय जनगणना हुँदैछ ।

 

सम्बन्धित खवर