माङसेबुङ । इलामको माङसेबुङमा अवस्थित सरस्वती माध्यमिक विद्यालय कक्षा ९ मा बाली विज्ञानको पठन पाठन शुरु भएको छ ।
विद्यालयले पुस ३० मा लिएको प्रवेश परीक्षाबाट ४७ जना उर्तिण भएसंगै बुधबारदेखि औपचारिक रुपमा बाली विज्ञानको पठन पाठन शुरु भएको हो ।
यसैगरी प्रशिक्षक पदका लागि भने पुस २८ गते सम्पन्न छनोट परीक्षाबाट विवेचना आङदेम्बे छनोट भएकी थिईन् ।
कोरोनाको संक्रमणको उच्च जोखिमका कारण विद्यालय लामो समय बन्द रहेको र प्रशिक्षक नियुक्ति नहुँदा कक्षा शुरु हुन नसकेको तर अवभने नियमित रुपमा बाली विज्ञानको कक्षा संचालन हुने प्रधानाध्यापक हरिप्रसाद आङदेम्बेले बताए ।