माङसेबुङका नव दाम्पतिद्धारा विवाहमा संकलित खाद्यान्न विपन्न परिवारलाई वितरण - Mangsebung News
  • बिहिबार, जेठ ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङका नव दाम्पतिद्धारा विवाहमा संकलित खाद्यान्न विपन्न परिवारलाई वितरण

माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका वडा न. ५ मा भर्खरै बैवाहिक बन्धनमा जोडिएका नव दाम्पतिले विपन्न परिवारलाई विवाहमा संकलित खाद्यान्न सामाग्री वितरण गरेका छन ।

गत मंसिर २६ गते बैवाहिक बन्धनमा जोडिएका माङसेबुङ गाउँपालिका वडा न. ५ का चनबहादुर सेर्मा(नसान) र मोरङ केराबारी गाउँपालिका वडा न. १ की कल्पना थेगिम नव दाम्पतिले विवाहमा संकलित खाद्यान्न सामाग्री विपन्न परिवारलाई वितरण गरेका हुन् ।

नव दाम्पतिले माङसेबुङ गाउँपालिका वडा न. ५ का विपन्न पाँच परिवारलाई २५ केजीका दरले चामल, दाल, सव्जी र केही नगद समेत वितरण गरेका छन् ।

सम्बन्धित खवर