माङसेबुङ पाचौं वर्षमा प्रवेश - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङ पाचौं वर्षमा प्रवेश


दमक/माङसेबुङ पब्लिकेसन्स प्रा. लि.द्धारा प्रकाशित माङसेबुङ मासिक पत्रिका पाचौं वर्षमा प्रवेश गरेको छ । शनिवार झापाको दमकमा अवस्थित शाखा कार्यालयमा पत्रिकाको वार्षिक उत्सव मनाएका हुन् ।

 

चार वर्ष पूरा गरेर पाचौं वर्षमा प्रवेश गरेको माङसेबुङ पत्रिकाको वार्षिकोत्सव कार्यक्रमको अवसरमा माङसेबुङ पत्रिकाको स्तरोन्नति तथा विस्तारमा सहयोग गर्ने विशेष प्रतिनिधि, प्रतिनिधिहरु र निरन्तर लेख उपलब्ध गराउने स्तम्भकारहरु र विज्ञापनदाताहरु प्रति पब्लिकेसन्स प्रा. लि. का सञ्चालक तथा प्रबन्धक धनबहादुर थेबे निंवाहाङले आभार प्रकट गरेका छन् ।

 


गत वर्षदेखि माङसेबुङ पब्लिकेसन्सले माङसेबुङ पत्रिकासँगै अनलाइन संस्करण www.mangsebungnews.com/mangsebung news tv पनि सञ्चालन गर्दै आएको छ ।

 

 

पत्रिकाको वार्षिक उत्सव कार्यक्रमसँगै पत्रिका र सिंगो पब्लिकेसन्स प्रा. लि. द्धारा प्रकाशित÷प्रसारित सामग्रीहरु कसरी गुणस्तरीय र विश्वासनीय बनाउने भन्ने विषयमा गहँन छलफल गरी आगामी कार्य योजना निर्माण गरिने पत्रिकाका कार्यकारी सम्पादक ज्ञानु केदेम लिम्बूले जनाएको छ ।

आस्था, अस्तित्व र समानताका आवाजलाई छापा माध्यम मार्फत बुलन्द गर्न प्रकाशन प्रारम्भ गरिएको माङसेबुङ पत्रिकाको नमुना अंकलाई वि.स. २०७३ मंसिर १२ गते इलामको माङसेबुङमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको हस्तवाहुलीबाट विमोचन गरिएको थियो । २०७३ साल पुस ४ गते जिल्ला प्रशासन कार्यालय इलाममा दर्ता नम्बर ३७ मा दर्ता गरी निरन्तर प्रकाशन हुँदै आएको छ ।

 

सम्बन्धित खवर