प्यारालाईसिस बिरामी नेम्बाङ दम्पतीलाई सहयोग प्रदान - Mangsebung News
  • बिहिबार, जेठ ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्यारालाईसिस बिरामी नेम्बाङ दम्पतीलाई सहयोग प्रदान

दमक । प्यारालाईसिस् रोगले ग्रसित भएर थलिएका होमकर्ण नेम्बाङ र उनकी जीवन संगीनी आइतमाया लङ्वा नेम्बाङलाई २१ हजार ५ सय ६० रुपैया आर्थिक सहयोग प्रदान भएको छ ।

अमेरीका निवासी मनु सुहाङको परिवारले २० हजार ६० रुपैया र गायक यादन सेर्मा ‘नुनाम’ ले १५ सय रुपैया प्रदान गरेका हुन ।

सो रकम दमक ३ स्थित नेम्बाङको नीजि निवासमा समाजसेवी विक्रम फागो वनेमले हस्तान्तरण गरेका थिए ।

विगत एक वर्षयता प्यारालाईसिसले थलिएका नेम्बाङ दम्पतीले सामान्य थेरापी गरेपछि भने स्वास्थ्यमा केहि सुधार हुदैं गएको बताएपनि आर्थिक अभावले गर्दा भने जस्तो उपचार गर्न नसकेको दुखेसो पोखे ।

यसैगरि उक्त दम्पती रोगीलाई आर्थिक सहयोगको निम्ति याचना र संयोजनकारी भुमिका भने, दमक–३, दुम्से, झापा निवासी सामाजीक अभियेन्ता जुझारु नेतृ, चन्द्र नेम्बाङ सुनुवारले गर्दै आईरहेकि छन् ।

सम्बन्धित खवर