माङ्सेबुङ । इलामको माङसेबुङ गाउँपालिकामा ३२ लाख १४ हजार २ सय ४५ रुपैयाँको सिंचाइ आयोजना सुरु भएको छ ।
इलामको माङसेबुङ १ को पाटीगाउँमा स्थानीय फूङवाखोलाबाट फूङखोला पाटीगाउँ सिंचाइ आयोजना भएको हो । सो आयोजनाको आइतबार माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले शिलान्याय गरे ।
स्वीस सरकार विकास सहयोगमा साना सिंचाइ कार्यक्रम अन्तर्गत ४० प्रतिशत, संघीय सरकारको ३० प्रतिशत, स्थानीय सरकार गाउँपालिकाको २० प्रतिशत र स्थानीय उपभोक्ता जनसहभागिताको १० प्रतिशत सहभागितामा सो आयोजना संचालन हुनेछ ।
आयोजनाबाट सो वडाका १ सय घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन् । त्यहाँका करिब ३ सय रोपनी खेतीयोग्य जमिनमा सिंचाइ गर्न सकिने गाउँपालिकाले जनाएको छ ।