पृथ्वी माविको लिम्बु भाषा शिक्षकमा दिपेन्द्र सेलिङ(विपिन) छनौट - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पृथ्वी माविको लिम्बु भाषा शिक्षकमा दिपेन्द्र सेलिङ(विपिन) छनौट


दमक । झापाको दमकमा अवस्थित पृथ्वी माविमा लिम्बु भाषा शिक्षक प्रतिस्पर्धाबाट दिपेन्द्र सेलिङ (विपिन) छनौट भएका छन् ।

दमक नगरपालिका वडा नंं. ७ मा रहेको पृथ्वी माविमा उक्त नगरपालिकाले लिम्बु भाषा शिक्षक करारमा नियूक्त गर्ने निर्णय गरेसँगै शिक्षक छनौट गरिएकोमा प्रतिस्पर्धाबाट दिपेन्द्र सेलिङ (विपिन) छनौट भएका हुन् ।

लिम्बु भाषाको शिक्षकमा सेलिङ छनोट भएसंगै पृथ्बी माविमा लिम्बु भाषाको माध्यमबाट आधारभुत तह कक्षा १ देखि ५ सम्मको शिक्षण शिकाई हुने भएको छ । वैकल्पिक शिक्षकको रुपमा भने खेसे थेगिर्म छानिएका छन् ।

भाषा शिक्षकको लागि ४ जना शिक्षकले प्रतिष्पर्धा गरेका छनौट परीक्षा भने लिम्बु भाषा बिज्ञद्धय डकेन्द्र सिंह लिम्बु र दिलबिर सेर्माले लिए ।

यसैगरि अन्तरवार्ता भने विद्यालय व्यवस्थापन समिति अध्यक्ष भिम पौडेल, प्रधानाध्यापक विष्णु कुमार राई, दमक नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत सोमनाथ गुरागाई र किरात याक्थुङ् चुम्लुङ् दमक नगरसमिति अध्यक्ष देवेन्द्र चेम्जोङ्ले लिए ।

सम्बन्धित खवर