दमकमा लिम्बुवानको बृहत प्रर्दशन (फोटो फिचर सहित) - Mangsebung News
  • बुधबार, माघ १४, २०७७
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकमा लिम्बुवानको बृहत प्रर्दशन (फोटो फिचर सहित)

दमक / सरकारको असैधानिक कदम बिरुद्ध झापाको दमकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्चले ¥याली सहित बृहत जनप्रदर्शन गरेको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङदेन ‘मिराक’ को प्रमुख आतिथ्यमा बृहद जनप्रदर्शन गरी सभा गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकमा भएको सभालाई सम्बोधन गर्दै नेता लिङदेनले भनेः– लिम्बुवान भनेको मुक्तिकामीहरुको पार्टी हो । आवाज विहिनहरुको पार्टी हो । दलित शिल्पी, पिछडा र थिचोमिचोमा परेकाहरुको पार्टी हो । यो सर्वसाधारणहरुको पार्टी भएको उनीहरुको आवाज बोल्ने साझा पार्टी भएकोले सबै जना आफ्नो मुक्तिको लागि लिम्बुवानमा लाग्नु होला ।

 

यसरी सबैलाई लिम्बुवानमा लाग्नका लागि अनुरोध गर्दै लिङदेनले भनेः– लिम्बुवान विकासको विरोधी नभएको तर विकासको काम गर्दै गर्दा स्थानीयलाई थिचोमिचोमा पारिए सहेर, हेरेर नबस्ने चेतावनी दिए । आगामी दिनमा कुनै पनि विकास निर्माणका काम भए सर्वदलीय सहमतीमा गर्न अनुरोध गरे । नत्र ढुंगा प्रहार गर्ने नेकपा ओली सरकारलाई चेतावनी दिए ।

पार्टीका महासचिव संगम खनालले विकासका नाममा भ्रष्टहरु मौलाईरहेको भन्दै यीनिहरुको मनपरी तन्त्र समाप्त पार्न अभियान सुरु गरिसकेको बताए ।

त्यस्तै लिम्बुवान मञ्चका उपमहासचिव भानु भटराईले भने आफु झापा क्षेत्र नं ७ मा केपी ओलीको प्रत्यासी भएको तर जनाताको गलत निर्णयले दलाल, राष्ट्रघाती केपी ओलीलाई जिताएर ठुलो गल्ती गरेको छ । अव यस्तो गल्ती नगर्न आग्रह गरे । अहिलेको सरकारले संसद विगठनको लागि सिफारिस गरकोमा कुनै केही नगरी तत्काल अनुमोदन गरेकोमा राष्ट्रपति विद्यादेवी भन्डारीलाई भटराईले भने राष्ट्रपति भन्डारी पढ्न नजान्ने निरक्षर भए लिम्बुवानले साक्षरता अभियान चलाईरहेको छ । लिम्बुवानमा आएर साक्षर हुन अनुरोध गर्छु ।

यसरीनै दलित शिल्पी मञ्चका अध्यक्ष बलराम ऋषिदेवले ६० लाख दलितहरुको संविधान आफै लेख्ने चेतावनी दिदै एकात्मकवादी राज्यको यो ज्याजदी सहेर नबस्ने बताए ।

यसै कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिव ढेडसय जनाको हारहारीमा पार्टि प्रवेश गरका छन ।

धनराज तेह्रथुमेकको अध्यक्षतामा भएको कार्यक्रममा मोहन माबो, राजु राई, पार्टीका उपाध्यक्ष ज्ञानबहादुरु इम्बुङ लगायतले बोलेका थिए । विष्णु भटराईले कार्यक्रम सञ्चालन गरेका थिए ।

दमकमा बन्न लागेको अर्बौको क्लिन पार्क यहाँको आदिवासी जनजातिको जल, जमिन र जंगल माथिको आईएलओ १६९ ले दिएको अग्राधिकारलाई वेवास्ता गर्दै त्यस क्षेत्रमा भएका हजारौं हेक्टर जमिनलाई न्यूनतम दर लगाई ओली सरकारले जनतालाई सुकुम्बासी बनाउने षडयन्त्र विरुद मञ्चले विरोध सभा गरेको हो ।

सम्बन्धित खवर