क्यानसर पिडित आइतराजलाई सहयोग प्रदान - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

क्यानसर पिडित आइतराजलाई सहयोग प्रदान

 

इलाम । इलामको देउमाइ नगरपालिका ७, निवासी हड्डी क्यानसरका बिरामी आइतराज फेजङलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

आइतराज फेजोङ बचाउँ अभियानद्धारा युएई दुबई, मलेसिया, कतार, साउदी अरब, दक्षिण कोरीया, अमेरिका र बेलायत लगायतका देशहरुमा सहयाग अभियान सञ्चालन गरी मंगलबार संकलित सहयोग रकम जम्मा रु.४ लाख ४९ हजार ९ सय ७७ रुपैयाँ बिरामीको बुबा हर्कबहादुर फेजोङलाई हस्तान्तरण गरिएको हो ।

आर्थिक अवस्था कमजोर भएको र उपचार खर्च न्युनतम १५ लाख भन्दा ज्यादा रकम लाग्ने अस्पतालले जनाए पछि सहयोग अभियान सुरु गरेको अभियान समितिले जनाएको छ । छोराको उपचारको लागी सहयोग अभियान चलाएर सहयोग जुटाइदिन बिरामीका बुबा हर्कबहादुर येक्तेनले आग्रह गरे पछि येक्तेन मोरोहाङ कल्याण समाज प्रवास समितिले बिगत दुइ महिना अगाडिबाट आभियान सुरु भएको थियो ।

येक्तेन मोरोहाङ कल्याण समाजका केन्द्रीय सदस्य समेत रहेका टिका येक्तेनले प्रवास समिति तथा अभियान संयोजन गरेका छन् । नेपालमा अभियन सहजिकरण भने हर्कराज येक्तेनले गरेका छन् ।

 

सम्बन्धित खवर