उत्तरे यासोक लुम्भुघाट मोटरबाटोलाई ईमानसिं मार्ग नामाकरण - Mangsebung News
  • शनिबार, बैशाख १९, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

उत्तरे यासोक लुम्भुघाट मोटरबाटोलाई ईमानसिं मार्ग नामाकरण

  • पदम सुखि सम्बाहाम्फे

कुम्मायक । इतिहासकार स्वः ईमानसिं चेम्जोङको ११८ औ जन्मजयन्तीको अवसरमा थाकथाक्कुम माबोहाङ चेम्जोङ बङ्श उत्थान संघले उत्तरे यासोक लुम्भुघाट सम्मको ३४ किलोमीटर सडकलाई ईमानसिं मार्ग नामाकरण गरि बोर्डहरु राखेको छ ।

२० ५३ र २०५४ साल देखिनै उक्त सडकको नामाकरण ईमानसिं चेम्जोङ मार्ग राखिएको भएपनि आज(शुक्रबार) ईमानसिं चेम्जोङ जन्मजयन्तीको अवसरमा पुनः बोर्डहरु राखिएको कुरा थाक्थाक्कुम माबोहाङ चेम्जोङ बङ्श उत्थान संघका केन्द्रिय सदस्य गणेश चेम्जोङले बताए ।

ईमानसिं चेम्जोङ ऐतिहासिक मुन्धुम लेखेर समाजलाई अघि बढ्ने प्रेरक प्रेरणाको पथ भएको भन्दै कुम्मायक गाउँपालिका स्थित वडा न, ५ का चेम्जोङ बङ्शले सडकको नाम ईमानसिं मार्ग नामाकरण गरिएको सदस्य चेम्जोङले बताए ।

सम्बन्धित खवर