चासोक तङ्नामको अबसरमा फेसबुक लाइभ - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चासोक तङ्नामको अबसरमा फेसबुक लाइभ

  • पदम सुखी सम्बाहाम्फे

कुम्मायक । कुम्मायक गाउँपालिकाको यासोकमा कुम्मायक कुस्सायक साहित्यिक समाज र सङकल्प ब्याण्ड को संयुक्त आयोजनामा बुधबार साँझ फेसबुक लाइभ कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय भाषा कला सस्कृति र साहित्यको उजागर र जगेर्ना गर्ने उद्देश्यले सन्चालन गरिएको एक घन्टा ४५ मिनेटको सो फेसबुक लाइभ कार्यक्रममा गित संगीतको साथमा युग सुहाउँदो कबिता तथा गजल बिधाका रचनाहरु समेत प्रस्तुत गरिएको थियो ।

कोरोनाको कहरलाई मध्यनजर गर्दै उधौली पर्व चासोक तङनाम ५०८० येले तङ्बे ल्होसार अर्थात धान्य पुर्णिमाको अवसरमा भएको मनोरञ्जनात्मक सो कार्यक्रममा किरात याक्थुङ चुम्लुङका केन्द्रिय सदस्य गणेश चेम्जोङ, कुम्मायक कुस्सायक क्षेत्र बिकास समितिका अध्यक्ष जकेन्द्र लावति, समाजसेवी भक्त तामाङ लगायतले स्थानीय सरकारले स्थानीय भाषा कला संस्कृति र साहित्य प्रति प्रोत्साहन र चासो नदेखाएको गुनासो पोखेका थिए ।

मन्तव्यको क्रममा कुम्मायक गाउँपालिकाका निर्बाचित जनप्रतिनिधि तथा स्थानीय सरकार बिकासको नाममा करोडौं रकम दहन गरेर डोजर द्वारा भिरपहरा फोर्न सक्नु तर साहित्यिक फाँटको सृजनात्मक खेतीमा बेखबर बन्नु दुखलाग्दो बिडम्बना भएको भनाई राखेका थिए ।

उक्त फेसबुक लाइभ कार्यक्रममा सेमिकहाङ लावति, गयेन्द्र लावति, फुलकुमारि नेम्बाङ, बिमला हेम्ब्या, लाल अन्जान सम्बाहाम्फे र पदम सुखि सम्बाहाम्फे लगायतका साहित्यिक श्रस्टाहरुले रचना बाचन गरेका थिए ।

यसैगरि रेसम सम्बाहाम्फे, पुर्ण महरा, सुजन सम्बाहाम्फे, खगराज चेम्जोङ, हिमेश रम्तेल, सुबास दर्जि, टिका धमाला, प्रेम चेम्जोङ, रजत बुढाथोकी र हाङ्सिङ चेम्जोङले साङ्गितिक प्रस्तुति दिएका थिइ ।

सङकल्प ब्याण्डका अध्यक्ष सुर्य लावतिको अध्यक्षतामा सम्पन्न कार्यक्रम स्टार खाजाघरको हलमा सप्पन्न भएको थियो ।

सम्बन्धित खवर